काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर नियुक्तिको विषयमा निर्णय हुनसक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले बतायो । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि सकिएपछि नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ ।