गौरीशंकरमा माओवादीको सुरुवाती अग्रता

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
गौरीशंकरमा माओवादीको सुरुवाती अग्रता

 

काठमाडौं – दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत पाएकी छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । तामाङले २४० मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा श्रेष्ठले १८ मत पाएकी छन् । अब सात वडाको मतगणना गर्न बाँकी छ । यसअघि कांग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेका थिए ।

 

प्रतिक्रिया