एमाले सुपमा कारबाहीको सिलसिला जारीः संसदीय दलबाट सात प्रदेशसभासद्लाई कारवाही

राम्रो अनलाइन     ३१ जेठ २०७८, सोमबार
एमाले सुपमा कारबाहीको सिलसिला जारीः संसदीय दलबाट सात प्रदेशसभासद्लाई कारवाही

धनगढी, ३१जेठ : नेकपा (एमाले) को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ ।  सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ ।

एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो ।  संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा  बलदेव  रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए । 

संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए । 

प्रतिक्रिया