एमाले स्थायी कमिटी बैठक बस्दै

राम्रो अनलाइन     ०८ जेठ २०७८, शनिबार
एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, ८ जेठ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४  बजे बैठक बस्न लागेको हो ।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् । 

प्रतिक्रिया