एमाले संसदीय दलको बैठक बस्दै

राम्रो अनलाइन     १९ जेठ २०८२, सोमबार
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडाैं – सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ।  बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो।

बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ। जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन्।

प्रतिक्रिया