एकीकृत समाजवादीको बैठक दुई घण्टा पछि सर्‍यो

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
एकीकृत समाजवादीको बैठक दुई घण्टा पछि सर्‍यो

 

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक दुई घण्टा पछि सारिएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । 

आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बुधबारको बैठकले केन्द्रीय सदस्यको नाम छान्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यादल गठन गरेको थियो । 

आजको बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याउने तयारीका लागि बैठक सारिएको हो । ‘सकेसम्म आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता पाउनेछ,’ नेता सोमप्रसाद पाण्डेले भने, ‘बैठक ३ बजेका लागि सारेर छलफल भइरहेको छ ।’

एकीकृत समाजवादीको महाधिवेशनले २९९ कमिटीमध्ये ९३ सदस्यमात्र सर्वसम्मत छानेको थियो । बाँकी २०६ जना टुंगो लगाउन लागिएको हो । 

प्रतिक्रिया