दुर्गा प्रसाईंसँगै पक्राउ परे ‘बडिगार्ड’ पनि

राम्रो अनलाइन     २९ चैत २०८१, शुक्रबार

काठमाडाैं – प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी दिएका हुन्। 

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ।

प्रतिक्रिया