दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश, पक्राउ गर्नुकाे कारण माग

राम्रो अनलाइन     ०८ असोज २०८१, मङ्गलबार
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश, पक्राउ गर्नुकाे कारण माग

 

काठमाडाैं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको हो। सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेकाे छ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिक्रिया