दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतकाे आदेश, फेरि पक्राउ गर्ने तयारीमा सीआईबी

राम्रो अनलाइन     २७ मंसिर २०८१, बिहिबार
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतकाे आदेश, फेरि पक्राउ गर्ने तयारीमा सीआईबी

 

काठमाडाैं – काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियाे।

प्रसाईंलाई अदालतले छाड्न आदेश दिए पनि सीआईबीले फिराैतीकाे अभियाेगमा पुन: पक्राउ गर्ने तयारी गरेकाे छ। 

प्रतिक्रिया