दुई संसदीय समितिको बैठक बस्दै

राम्रो अनलाइन     २८ कात्तिक २०८१, बुधबार
दुई संसदीय समितिको बैठक बस्दै

 

काठमाडौं – आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजे बस्नेछ। बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ। 

प्रतिक्रिया