धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

राम्रो अनलाइन     १८ असोज २०८१, शुक्रबार
धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

 

काठमाडाैं – नेपाल घितपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ।

उपाध्यक्ष अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको थियाे। नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया