चुनाव गर्नका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब ७ करोड माग गरेको छ । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि आयोगले सो रकम माग गरेको हो ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आयोगले आवश्यक रकम माग गरेको हो ।