चितवनमा ७ हजार र काठमाडौंमा ५ हजारभन्दा बढी सदस्यता वितरण

राम्रो अनलाइन     ०१ असोज २०८१, मङ्गलबार
चितवनमा ७ हजार र काठमाडौंमा ५ हजारभन्दा बढी सदस्यता वितरण

 

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् । मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा उनले विभागलाई पूर्णता दिन निरन्तर प्रयास भइरहेको बताए । 

यस्तै ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए । यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए । यस्तै उनले पार्टीको विधि विधानमा साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै पार्टीभित्र युवराज सफल बन्न कोसिस नगर्न सुझाव दिए । 

 

 

प्रतिक्रिया