सामाजिक सञ्जालमा बोल्ड तस्बिरहरू पोष्ट गरिरहने सुरविना कार्कीको फिल्मी करिअर भने उनले सोचेजस्तो हुन सकिरहेको छैन । भारतमा गएर अभिनयको कोर्स गरेपनि उनको करिअरलाई यसले कुनै पनि फाइदा पुर्याएको देखिँदैन। सुरविनाले ‘झेली’ फिल्मबाट करिअर सुरु गरेकी थिइन् । उनले अभिनय गरेका फिल्मले व्यापारिक रुपमा सफलता नपाउँदा उनको करिअर पनि माथि जान सकेन । अहिले उनी, कहिलेकाही म्युजिक भिडियोमा देखिँदै आएकी छिन् । पछिल्लो पटक उनले अभिनय गरेको फिल्म ‘काँडेतार’ मा उनले विद्रोही महिलाको भूमिका निर्वाह गरेकी थिइन् । सुरविना तस्बिरहरूमा जस्तै कुनै ‘बोल्ड फिल्म’ प्रतिक्षामा रहेकी छिन् ।







