सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्व र आगामी राजनीतिक यात्राबारे ज्योतिषीय दृष्टिकोणबाट हेर्दा केही सकारात्मक संकेतहरू देखिन्छन्।
कुण्डलीमा ग्रहहरूको केन्द्रगत स्थिति, कालसर्प योगको अवस्थिति, शुक्रमा मङ्गलको दृष्टि तथा पञ्चम भावसँग जोडिएका योगहरूले नेतृत्व, साहस, निर्णय क्षमता र कर्मक्षेत्रमा सक्रियताको संकेत गर्ने ज्योतिषीय मान्यता छ। दशम भाव अर्थात् राज्य सञ्चालन र कर्मक्षेत्रमा राजयोगको प्रभावलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ।
ग्रहहरू वक्री होऊन्, अस्त होऊन् वा विभिन्न दशा परिवर्तन होऊन्, त्यसकै आधारमा सरकारको भविष्यबारे नकारात्मक निष्कर्ष निकाल्नु उचित हुँदैन। ज्योतिषीय संकेतलाई समग्रमा हेर्दा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्व यात्राप्रति आशावादी हुन सकिन्छ।
मेरो विश्वासमा नेपाललाई विकास, सुशासन र परिवर्तनको दिशामा अघि बढाउन सक्ने नेतृत्व उहाँ नै हुनुहुन्छ। पाँच वर्षको जनादेशलाई पूरा गर्ने अवसर र जिम्मेवारी दुवै उहाँसँग छन्।
त्यसैले अनावश्यक राजनीतिक आशङ्का र ग्रहदशाको भय पाल्नुभन्दा सकारात्मक सोच राखौँ। देशले गति लिन थालेको छ, यो यात्रालाई अवरोध होइन, साथ र सहयोग चाहिएको छ।
पाँच वर्षको म्यान्डेट, पाँच वर्षकै संकल्प! बालेन सरकार पाँच वर्षकै लागि होस् भन्ने हाम्रो शुभकामना।