भारतीय विदेश सचिव मिश्री काठमाडौँमा

राम्रो अनलाइन     १८ कात्तिक २०८३, बुधबार
भारतीय विदेश सचिव मिश्री काठमाडौँमा

काठमाडौँ–भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपालका लागि भारतीय राजदूतलगायतले स्वागत गरेका थिए।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा तथा पारस्परिक हितका विषयमा विचार आदानप्रदान हुनेछ ।

दुई देशबीचको लामो समयदेखिको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले वार्ता हुन लागेको मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तित्वसँग शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम छ । उहाँ बिहीबार साँझ नयाँदिल्ली फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया