बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै उपाध्यक्षमा एमाले विजयी

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खोस्दै उपाध्यक्षमा एमाले विजयी

 

धनगढी–  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । 

विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले १४७४ मतमा सीमित बनेकी छिन् । माओवादीको समर्थन पाएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरेकी थिइन् । 

अघिल्लो निर्वाचनमा यहाँ काँग्रेसकी मैनादेवी जोशी निर्वाचित भएकी थिइन् । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया