बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

राम्रो अनलाइन     १० चैत २०७७, मङ्गलबार
बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १० चैत : नेपाल प्रहरीले बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको २०७७ फागुन १७ को फैसलाबाट छ दिन कैद र रु १९ लाख ९० हजार जरिवना ठहर भएपछि फरार रहेका काठमाडौँ जोरपाटीका ४० वर्षीय बुद्धिबहादुर तामाङलाई आज पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले बैङ्किङ कसूर मुद्दामा जरिवाना गरेपछि फरार रहेका तामाङलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर बैकिङ कसूरजन्य अपराध गरेका थिए । फैसला कार्यान्वयनका लागि पक्राउ तामाङलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ । उच्च अदालतले बैङ्किङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम सजाय गरेको थियो । 
 

प्रतिक्रिया