हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधवकुमार नेपाल समूहका सांसदहरूले नाम फिर्ता लिएका हुन् ।
मंगलबार माधव नेपाल समुहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी छ । ती सांसदले पनि आज फिर्ता लिने तयारी छ । प्रदेश सभा सचिव कृष्णहरि खड्काले २० सांसदले अविश्वासको प्रस्तावको नाम फिर्ता जानकारी दिए । उनीहरुले आज नाम फिर्ता लिने खबर आएको सचिव खड्काले बताए ।
प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।