काठमाडौं – बागलुङमा बोलेरो जिप दुर्घटनामा परी रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकाे उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ।
मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको हो। दुर्घटना राती भएको अनुमान गरिएको छ। दुर्घटनाकाबारेमा बिहान ८ बजेमात्र प्रहरीले खबर पाएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी इन्स्पेक्टर प्रताप पौडेलले घटनाकाबारेमा थप बुझ्ने काम भइरहेको जानकारी दिए।