बादलको सांसद पद खारेज

राम्रो अनलाइन     ०५ वैशाख २०७८, आइतबार
बादलको सांसद पद खारेज

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै  राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया