अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : एमाले महासचिव पोखरेल

राम्रो अनलाइन     ०७ मंसिर २०८१, शुक्रबार
अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : एमाले महासचिव पोखरेल


काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताएका छन्। एमालेले शुक्रबार आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उनले बताए।

‘काम एमालेले गर्ने जस अरुले लिने काम भइरहेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले भने, “यसअघिको एमाले नेतृत्व सरकारमा मुलुकले उच्च आर्थिक बृद्धिदर हासिल गरेको थियो, मुलुकको अर्थतन्त्र बिग्रेका बेला पुनः एमाले नेतृत्वमा आएको छ, मुलुकको अर्थतन्त्र लयमा आएको छ ।”

‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर फेरि अर्को अफवाह फैलाउने काम भएको छ, हुँदै नभएको कुप्रचार गरी सरकार र एमालेविरुद्ध योजनाबद्ध भ्रम छर्ने र बदनामी गर्ने प्रयास गरिएको छ, यसलाई चिर्न पनि यो जागरणसभा हो’ उनले भने । सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया