अदालतले कैद सजाय सुनाएका कांग्रेस सांसद केसी जेल नै नबसी छुटे

राम्रो अनलाइन     २४ भदौ २०८१, सोमबार
अदालतले कैद सजाय सुनाएका कांग्रेस सांसद केसी जेल नै नबसी छुटे

 

काठमाडाैं – नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी जेल नै नबसी रिहा भएका छन्। आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका सांसद केसी कैदको सट्टामा रकम तिरेर सोमबार रिहा भएका हुन्।

सम्बन्ध विच्छेदको नक्कली कागजात बनाएका केसीलाई २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाएकाे थियाे। उनले सजाय भुक्तान गरेका थिएनन्।

आइतबार जिल्ला अदालतमा पुगेर आत्मसर्मण गरेका उनी १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन्। ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीलाई आइतबार राति कारागार कार्यालय पुर्‍याइए पनि कारागार चलान भने नगरिएकाे बताइएकाे छ। 

केसी गत निर्वाचनमा कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया