अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’ आफ्नो लागि विशेष रहेको बताएकी छिन्। शुक्रबार ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यो आफ्नो करिअरकै विशेष फिल्म बनेको बताइन्। उनले भनिन्, ‘यो मेरो लागि निकै स्पेसल फिल्म बनेको छ। मैले गरेका फिल्ममध्ये धेरै समयसम्म सम्झिने र चर्चा हुने फिल्ममा यो पर्नेछ भन्ने विश्वास छ।’

उनले यो आमाको संघर्ष र सफलताको कथा रहेको बताइन्। शीर्ष भूमिकामा अभिनय गर्न र आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित रहेको उनको भनाइ छ। फिल्ममा स्वस्तिमाले बादी समुदायकी महिलाको चरित्र निर्वाह गरेकी छन्।









