काठमाडौं–मिस सुप्रानेसनल नेपाल २०२६ तथा मिडियाकर्मी पूर्णिमा कार्की एसियाको सबैभन्दा ठूलो सांगीतिक मञ्च ‘युरोभिजन एसिया’ (Eurovision Song Contest Asia) को आधिकारिक ट्राभल पार्टनर ‘एगोडा’ (Agoda) को ‘इन्साइडर’ (Insider) रूपमा नियुक्त भएकि छिन्।
म्युजिकको माध्यमबाट मानिसहरूलाई जोड्ने उद्देश्यले ७० वर्षको इतिहास बोकेको युरोभिजन पहिलो पटक एसियामा आयोजना हुन गइरहेको छ। यस ऐतिहासिक सांगीतिक यात्राको हिस्सा बन्न पाउँदा अत्यन्त उत्साहित रहेको कार्कीले आफ्नो फेसबुकमार्फत जानकारी दिएकी छिन्।
युरोभिजन एसियाको नेपालको पहिलो राष्ट्रिय छनोट अक्टोबर ७ मा सम्पन्न भइसकेको छ भने यस प्रतिस्पर्धाबाट छनोट हुने एक आवाजले नोभेम्बर १४ मा बैंकक (थाइल्याण्ड) मा हुने ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछ। कार्कीले यसै यात्रालाई नेपालबाट बैंककसम्मको ‘इन्साइडर’ का रूपमा समेट्दै दर्शकहरूलाई प्रत्यक्ष जोडिराख्ने बताइन्।
यसअघि उहाँले कोहलपुरमा आयोजित ‘नेक्स्ट मोडल २०२६ सिजन २’ को ग्रान्ड फाइनलमा निर्णायक (Judge) को भूमिका समेत निर्वाह गर्नुभएको थियो। फेसन, कानुन (Criminal Law) र सञ्चार क्षेत्रमा सक्रिय कार्की पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय रूपमा जोडिएकि छिन्।