नेपाल नेल डिजाइनर उत्पादनको हव बन्दै 

राम्रो अनलाइन     ०५ वैशाख २०८०, मङ्गलबार
नेपाल नेल डिजाइनर उत्पादनको हव बन्दै 

 

काठमाडौँ– नेपाल नेल आर्टिष्ट ( नङ ) उत्पादनका लागि आकर्षक गन्तब्य बनेको छ । शौन्दर्यका लागि कृतिम नङ राख्ने तथा डिजाइन गर्नका लागि दक्ष जनशक्ति उत्पादन हुने गरेको हो । नेल आर्टिष्ट तथा टेक्निसियन उत्पादनका लागि पश्चिम एसियाकै चर्चित टिजङ्स नेल्स एण्ड ब्यूटी इन्स्टिच्युटले दरबारमार्ग, पोखरा, बुटवल र इटहरिमा नेल आर्टसम्वन्धी तालिम सञ्चालन गर्दै आएको छ । सो तालिममा उत्कृष्ठ १२ जना प्रशिक्षार्थीलाई सम्मान गरिएको छ । 

टिजङ्सका सञ्चालक सुनिलजंग मल्लले ‘इच्छा शक्ति भएमा नेपालीले पनि गर्न सक्छन्’ भन्ने कुरालाई पुष्टि गर्न सन् २०१० मा टिजङ्स नेल्स एण्ड ब्यूटी इन्स्टिच्युटले सञ्चालनमा ल्याइएको बताए । नङ जोड्नेदेखि बुट्टा भर्नेसम्मको काममा नेपाली महिला दक्ष देखिएका हुन ।

टिजङ्सले उत्पादन गरेका नेपाली नेल आर्टिष्ट तथा डिजाइनर महिलाको माग पूर्व एसियाका एक दर्जन देशहरुमा बढेको छ । अंग्रेजी भाषा जानेका तथा शिल्पी महिलाका लागि नेल आर्ट पेशा आर्थिक आयआर्जनका लागि राम्रो अवसर बनेको उनी बताउँछन् । 

खाडी मूलुकमा जाने महिलालाई लक्षित नेल आर्ट तथा डिजाइन तालिम आम्दानीको राम्रो स्रोतसँगै सुरक्षित र सम्मान जनक पेशा भएको टिजङ्सका सल्लाहकार दानबहादुर मल्लले बताए । आर्थिक रुपमा सम्पन्न र धनीहरुका लागि नङको सजावट पनि अनौठो शौख रहेछ उहाँले भन्नुभयो, त्यही शौखलाई पुरा गरिदिन नेपाली महिला पहिलो रोजाइमा पर्ने गरेका छन् । 

खाडीका प्रायः सबै देशहरुमा नेपाली र भियतनामी नेल आर्टिष्ट तथा डिजाइनर महिलाको माग बढ्दै गएको छ । दुवाइस्थित बुर्ज खलिफ टावरमा सञ्चालन भइरहेको सलोन सेण्टरमा समेत नेपाली महिलाको माग भइरहेको सञ्चालक मल्लले बताउनुभयो । नेल आर्टिष्ट एवं प्रशिक्षक मल्ल नेल आर्ट च्याम्पियनसीप वल्र्डका जज् समेत हुन । 


 

प्रतिक्रिया