काठमाडौँ- आइतबार भएको उपनिर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । ४१ स्थानमा भएको उपनिर्वाचनमा सोमबार बिहान साढे ११ बजेसम्म ३६ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
हालसम्म नेपाली नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वटा वडाध्यक्ष जितेको छ ।
नेकपा एमाले जितेको पालिका र वडा
१. दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही
२. बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी
३. शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा मोहमद ताहिर मुसलमान
४. रामगोपालपुर नगरपालिका-२ वडाध्यक्षमा सकिवुल खाँ
५. मोलुङ गाउँपालिका-५ वडाध्यक्षमा गंगा वहादुर तामाङ
६. सिरीजङ्घा गाउँपालिका-३ वडाध्यक्षमा कुमारी सावादेन
७. दुल्लु नगरपालिका-१३ वडाध्यक्षमा लालबहादुर शाही