कपाल झरे के  गर्ने  ? 

गीता गिरी, ब्युटी एक्सपर्ट     २३ जेठ २०७८, आइतबार
कपाल झरे के  गर्ने  ? 

—निम र बयरका पातलाई पानीमा भिजाएर पिस्नुहोस् र टाउकोमा लगाउनुहोस् । दुई घण्टापछि पखाल्नुहोस् । एक महिनासम्म यसो गर्नाले कपाल झर्न रोकिनेछ । र, नयाँ कपाल उम्रिनेछ । 
—कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप बनाइ लगाउनाले नयाँ कपाल उम्रिन्छ । 
—कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर तताउनुहोस् । तेललाई छानेर बोतलमा राख्नुहोस् । नियमित रूपले यस तेलको प्रयोग गर्नुहोस् । 
—कागतीको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस् । यसो गर्दा टाउकोमा भएको फोहोरमैला निस्किन्छ र कपाल झर्नबाट रोकिन्छ । 
—कपालमा अमलाको रसले मालिस गर्नुहोस् । खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ । 
—कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा रगडेर पेस्ट बनाउनुहोस् । नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस् । 
—लसुनको तेल लगाउनाले कपाल झर्नबाट रोकिन्छ । 
—काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ । 
—मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस् । टाउकोमा यो लेप लगाउनुहोस् । 
–सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस् । यसले टाउको धुनुहोस् । टाउकोमा नस्किेका फोका हट्नेछन् साथै खुइलिएको स्थानमा  कपाल उम्रिन थाल्नेछ । र, कपाल छिटो बढ्नेछ । टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस् । 
—अनारको पात पानीमा पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ । 
—बन्दाको रसले निरन्तर टाउको मालिस गर्ने हो भने कपाल झर्ने, टुक्रिने समस्याबाट जोगिन सकिन्छ ।
—खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन् । 
—टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ कागतीको रसले दुई महिनासम्म रगड्नुहोस् । यसो गर्नाले कपाल उम्रिनेछन् । 
—केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ । 
—हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस् । त्यसपछि नुहाउनुहोस् गर्नुहोस् । कपालका जरा बलिया हुनेछन् । 
—एक दाना कागतीको रस, आधा कचौरा तेलमा मिलाएर सुत्नुअघि कपालमा लगाउनुहोस् । बिहान टाउको धुनुहोस् । रुखोपन समाप्त भएर कपाल झर्न बन्द हुनेछ । 
—महमा कागतीको रस मिलाएर कपालको जरामा लगाउनुहोस् । आधा घण्टापछि टाउको धुनुहोस् । एक महिनाभरि हप्तामा दुई पटक यो प्रयोग गर्नुहोस् । कपाल बलियो भएर झर्न रोकिनेछ एवं चम्किन थाल्नेछ । 
—काँक्राको रस खुइलिएको स्थानमा लगाउनुहोस्, नयाँ कपाल उम्रिन थाल्नेछ । 
—दुई ठूलो चम्चा दाना मेथी पानीमा रातभरि भिजाएर राख्नुहोस् । बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस् । यसबाट कपाल झर्न कम हुन्छ र कपालको सुक्खापन पनि हट्छ । 
—भाङका पातहरूको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ । 
—एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस् । कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले धुनुहोस् । यसबाट कपाल स्वस्थ, चम्किलो र नरम हुनुका साथै कपाल झर्न रोकिनेछ । 
—कपाललाई झर्नबाट रोक्नका लागि यसलाई बाफ दिइरहनुपर्छ । 
—कपाल तीव्र रूपमा झ¥यो भने तुलसीका बीउलाई बेल या निमका पातहरूसँग उमालेर त्यो पानीले कपाल धुने गर्नाले लाभ हुन्छ । 
 
 

प्रतिक्रिया