तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

राम्रो अनलाइन     २९ चैत २०८२, आइतबार
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार धादिङमा आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए । संविधान संशोधनका साथै  नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ ।

‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु’, उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता उनले जनाए । बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनको भनाइ छ । 

प्रतिक्रिया