सन् २००५ मा ‘मिस टिन नेपाल’ जितेसँगै प्रियंका कार्कीको ग्ल्यामर करिअर सुरु भएको थियो । सौन्दर्य प्रतियोगिताको यो उपाधि जितेसँगै उनको लागि मनोरञ्जन र मोडलिङको ढोका खुल्यो ।

टिभीको भिजे हुँदै दर्जनौं विज्ञापनमा अभिनय गरेकी प्रियंका घरेलु फिल्मकी अग्लो नाम समेत हुन् । अभिनयसँगै उनको फेसन स्टेटेमन्टलाई पछ्याउनेको संख्या उच्च छ । उनी सोसल मिडिया ‘इन्फ्लुएन्सर’ पनि हुन् ।
सन् २०२३ को रोमान्टिक कमेडी ‘मेरो बेस्ट फ्रेन्ड’ मा शीर्ष भूमिका निर्वाह गरेसँगै उनले फिल्म करिअरमा पछाडि फर्केर हेर्नुपरेन । पछिल्लो समय प्रियंकाले कान्तिपुर टिभीमा सेलिब्रेटी सेफ कार्यक्रम पनि ल्याइरहेकी छन् ।

प्रियंकाले यतिबेला गर्मीयामलाई मिस गरिरहेको देखिएको छ । उनले सामाजिक संजालमा स्विम(सुट लगाएका हट फोटोहरू सेयर गर्दै आफूलाई समुन्द्री तटमा रमाउन मन लागेको बताएकी छिन् ।

उनी लेख्छिन्, ‘गर्मी मौसमको याद आयो । समुन्द्री किनारमा रमाउन मन छ ।’
ती फोटो चाहिँ उनले गतवर्ष समुन्द्री तटमा खिचाएकी थिइन् । पुनः सेयर गर्दै उनले आफूलाई गर्मी याममा समुन्द्री किनारमा रमाउन मन लागेको उल्लेख गरेकी हुन् ।

