ओलीलाई बयानमा बोलाउन पत्र काट्ने आयोगको तयारी

राम्रो अनलाइन     १७ पुस २०८२, बिहिबार
ओलीलाई बयानमा बोलाउन पत्र काट्ने आयोगको तयारी

काठमाडौं– गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बयानका निम्ति पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार (पुस १७) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ‘जेनजी’ आन्दोलनका विषयमा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् ।

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलिको कुरा भोलि नै हुने’ प्रतिक्रिया दिए । उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने काम सकिएको जानकारी दिए । अध्यक्ष कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने बताए ।

प्रतिक्रिया