ओखलढुंगा–ओखलढुंगाको श्री लेती माध्यामिक विद्यालयमा पोकली झर्ना सेवा समाजका संस्थापक अध्यक्ष गुरु केदार बरालले झोला वितरण कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र समाजसेवीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल दंगाल, विद्यालय व्यवस्थापनका अध्यक्ष ठाकुर घिमिरे, शिक्षक चेतप्रसाद भिमिरे, समाजसेवी दिनेश कार्की र अन्य स्थानीय प्रतिनिधिहरूले सहभागीता जनाएका थिए । गुरु बरालले विद्यार्थीहरूलाई आफ्नो मन, आमाबुबाको सपना र देशको भविष्य खोज्न प्रेरित गर्दै झोला वितरण गरेको बताए ।

ओखलढुंगा विपत व्यवस्थापन समाजकी महासचिव सम्झना प्रेमिले कार्यक्रममा सहभागी भई स्वागत पाएकोमा खुशी व्यक्त गरिन् । कार्यक्रममा गुरु बरालको पहलमा पाँच वडाका विद्यालयमा झोला वितरण सफल भइसकेको छ भने बाँकी विद्यालयमा पनि निरन्तर वितरण हुने जानकारी गराइएको छ।

समाजका पूर्व अध्यक्ष ओम कुमार सुवेदी र लिखु गाउँपालिका–९ का वडा अध्यक्ष केशबहरि ढुंगेलको योगदानको पनि प्रशंसा गरिएको थियो। विद्यालय र क्षेत्रको विकासमा गुरु बराल र अन्य सहयोगीहरूको योगदानले विद्यार्थीहरूमा शिक्षा प्रति मनोबल बढाउने वातावरण सिर्जना गरेको छ।

कार्यक्रमको संयोजन शिक्षक चेतप्रसाद घिमिरेले गरेका थिए । यस अवसरमा उपस्थित सबैले गुरु बरालको योगदानको प्रशंसा गर्दै विद्यालयको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका थिए।

यो झोला वितरण कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउँदै शिक्षा प्रति उत्साह बढाएको छ र स्थानीय समाजमा पनि सकारात्मक प्रभाव परेको छ।

वडा नम्बर ९ का अध्यक्ष ढुंगेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । साथै, ओखलढुंगा विपद् व्यवस्थापन सेवा समाजकी सचिव सम्झना प्रेमिले निरन्तर सहयोग र व्यवस्थापनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।






