काठमाडौं– एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन्।
एमालले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका उनी नवगठित नेपाली कम्युनिष्ट पार्टीमा जोडिएका हुन्।
आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डले संयोजक रावलसँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा रावललाई नेपाली कम्युनिष्ट पार्टीमै जोडिन आग्रह गरिएको थियो।