जेनजीले जलाएको राष्ट्रपतिको घर सरकारले बनाइदिने

राम्रो अनलाइन     १७ कात्तिक २०८२, सोमबार
जेनजीले जलाएको राष्ट्रपतिको घर सरकारले बनाइदिने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा जलाइएको राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्।

गत भदौ २४ गतेको आन्दोलनमा राष्ट्रपति पौडेलको निजी निवासमा तोडफोड र आगजनी भएको थियो। मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे।

राष्ट्रपतिको निजी निवास निरीक्षणमा गृहमन्त्रीसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायत उपस्थिति थिए।

गृहमन्त्रीको टोलीले आन्दोलनमै क्षति पुर्‍याइएको बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे। 

क्षतिग्रस्त प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ। यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका छन्।

प्रतिक्रिया