आउँदै गरेको हिन्दु नारीहरूको महान पर्व तीजलाई लक्षित गरि डिजाइनर इन्ता श्रेष्ठले ‘तीज फेसन रनवे’ नामक फेसन शो आयोजना गरेकी छिन् । बुढानीलकण्ठस्थित चिसानी हेप्पी हिल रिसोर्टमा सम्पन्न उक्त फेसन शोमा डिजाइनरले तीज फेशन लाई फोकस गरी तयार पारिएका कुर्ता सेट, ब्राइडल सारी एव इन्डो वेर्स्टन आकर्षक सृजनाहरूलाई २५ जना मोडलले प्रस्तुत गरेका थिए । भ्यानिटी मेकअप ब्युटी पार्टनर , सुमिना मर्हजन को कोरियोग्राफी एव समाइरा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेको ‘तीज फेसन रनवे’ फेसन शोमा शो स्टपर को भूमिकामा ‘मिसेस नेपाल युनिभर्स २०१८’ मनीषा डंगोल श्रेष्ट रेड अटाएरमा प्रस्तुत भएकी थिइन् । कार्यक्रममा आउँदो बर्ष तीज फेसन शोलाई अझ बृहत् रूपमा आयोजना गर्ने डिजाइनर इन्ता श्रेष्ठले जानकारी गराइन् ।


