न्यूयोर्कमा हरितालिका तीज तथा दर खाने विशेष कार्यक्रम हुने

राम्रो अनलाइन     २३ साउन २०८२, शुक्रबार
न्यूयोर्कमा हरितालिका तीज तथा दर खाने विशेष कार्यक्रम हुने

न्यूयोर्क (अमेरिका)– नेपाल सरकारका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा तारा–किशन फाउण्डेशनद्वारा आयोजित “हरितालिका तीज तथा दर खाने विशेष कार्यक्रम” आगामी आइतवार, अगस्ट २४, २०२५ मा हुने भएको छ ।

कार्यक्रम साँझ ६ बजेदेखि ११ बजेसम्म न्यूयोर्कस्थित सत्यनारायण मन्दिरमा आयोजना गरिनेछ। यस विशेष अवसरमा तीजको सांस्कृतिक महत्व, गीत–संगीत तथा नृत्य प्रस्तुतिहरूका साथै दर खाने परम्परागत चलनलाई प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिनेछन् ।

गत वर्ष पनि तारा–किशन फाउण्डेशनले यस्तै कार्यक्रम आयोजना गरेको थियो, जसमा धेरै नेपालीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । आयोजक संस्थाले यस वर्षको कार्यक्रमलाई अझ भव्य र सहभागीमूलक बनाउने तयारी गरेको छ ।


तारा–किशन फाउण्डेशनले नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संस्थाले समुदायबीच एकता, संस्कृतिको संरक्षण र आपसी सद्भाव बढाउने उद्देश्यले हरेक वर्ष यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

चेलिबेटी तथा साथीसॅङ्गिहरूका तीजगितमा रमाउनु, दर खानुका साथै सबै निम्तालुहरूलाई सानो उपहार सहित प्रदान गरि कार्यक्रम एकनासको मौलिक भव्य र सुन्दर बनाउने आयोजकको योजना रहेकोछ ।

फाउण्डेशनका अध्यक्ष तारा धामीले सभ्य र भव्य तरिकाले कार्यक्रममा सहभागिताका लागि सबै न्युयोर्कवासी नेपालीहरूलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया