काठमाडौं–चर्चित नेपाली कन्टेन्ट क्रिएटर इस्टु कार्कीले आफ्नो पछिल्लो फोटोसुटले सामाजिक संजालमा चर्चा बटुलेकी छन् ।

पछिल्लो फोटोसुटमा उनी बोल्ड, आत्मविशवासी र कम्फर्ट देखिएकी छन् । यो भाइरल फोटोमा इस्टुले स्विमसूट लगाएर पौडी पोखरीको छेउमा सुन्दर ढंगले पोज दिइरहेकी छिन् ।

रेट्रो सनग्लास, नेकलेस र कान पछाडि राखिएको सेतो फूलले उनको सौन्दर्यलाई खुलाएको छ ।
पृष्ठभूमिमा ताडका रूखहरू र पोखरीसहितको शान्त वातावरण देखिन्छ जसले गर्मीयामको वातावरणमा रमाइलोपन थपेको छ । उनको यो फोटोसुटलाई प्रशंसकले रुचाएका छन् ।

इस्टु रमाइला भ्लग र पोस्टको कारणले सामाजिक संजालमा चर्चामा रहिरहन्छिन् ।
