प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण

राम्रो अनलाइन     २९ असार २०८२, आइतबार
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण

काठमाडौँ–वरिष्ठ बाल नेत्ररोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण गरिएको छ । नेपाली ,अङ्ग्रेजी र नेपाल भाषामा रचना गरिएको अकथ्यको प्रतिध्वनि भित्र १०२ कैदीहरुको आत्मकथालाई जीवन्त रुपमा उतारिएको छ भने  ‘आफूलाई भुलाई’ कविता सङ्ग्रहभित्र विभिन्न ३४ कविता समावेश गरिएका छन् । 
  

पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ,साहित्यकार शङ्करप्रसाद कोइराला लगायतले संयुक्त रूपमा  ती कृतिको शनिबार विमोचन गरेका हुन्। 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विमोचित पुस्तकले नेपाली साहित्य क्षेत्रमा नयाँ इँटा थपिएको बताए।  नेपाल नेत्रज्योति संघका  कार्यकारी निर्देशक एवं वरिष्ठ साहित्यकार डा शैलेशकुमार मिश्रका अनुसार   प्रा डा सविना श्रेष्ठद्वारा रचना गरिएका कृतिभित्र   जीवन, जगत्, मानिस, माया र सम्बन्धका विभिन्न आयामलाई सुक्ष्म रुपमा सटिक रुपमा चित्रण गरिएका हुन्छन् । 

नेपाल नेत्रज्योति संघको केन्द्रिय सदस्य डा श्रेष्ठको यसअघि ‘जिन्दगी एक प्रश्न चिह्न’ (२०४४), ‘मनको स्पर्श’ (२०५८) र नेपाल भाषामा एउटा कविता सङ्ग्रह ‘सविना श्रेष्ठया चिनाखँ’ (२०८०) कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । यस्तै उहाँले पूर्वप्रशासक विश्वमान श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा’ (२०८०) प्रकाशित गरेकी छिन् ।  चित्रकला र गायनमा  सक्रिय डा श्रेष्ठ बाल नेत्ररोग विशेषज्ञ हुन् । 

प्रतिक्रिया