फिल्ममा व्यस्त अभिनेत्री गरिमा

राम्रो अनलाइन     २१ जेठ २०८२, बुधबार
फिल्ममा व्यस्त अभिनेत्री गरिमा

काठमाडौं- म्युजिक भिडियो र टिकटकबाट उदाएकी गरिमा शर्मा अहिले घरेलु फिल्मकी ब्यस्त अभिनेत्री हुन् । ‘लण्डन टु पेरिस’ र ‘ह्रस्वदीर्घ’मा उनले अभिनय गरिसकेकी छन् ।

उनको तेस्रो फिल्म ‘जन्ते बाख्रो’ २३ जेठदेखि प्रदर्शन तयारीमा छ । ‘लिड फिमेल’को रुपमा उनको यो पहिलो फिल्म हुनेछ । अघिल्ला दुई फिल्ममा उनी सहायक भूमिकामा प्रस्तुत थिइन् ।

फिल्मसँगै सांगीतिक भिडियोमा समेत सक्रिय हुन चाहने योजना छ । ‘संगीत र सिनेमा दुवैलाई सँगसँगै अगाडि बढाउने योजना छ’, उनले भनिन् ।

पहिलोपटक शीर्ष भूमिका निर्वाह गर्दा प्राप्त जिम्मेवारी उनले महसुस गरेकी छन् । सपोर्टिङ भूमिकाभन्दा लिड रोलमा दबाब बढी हुने र आफूले बोकेको पात्रका लागि दर्शकसँग प्रत्यक्ष उत्तरदायी हुनुपर्ने उनले अनुभव गरिन् ।

रिमा विभिन्न शैलीका भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छिन् । चाहे त्यो गम्भीर नारी भूमिका हुन् वा हल्का-फुल्का हाँस्यपात्र नै किन नहोस् । साथै, आफूले अभिनयमा प्रेरणा पाएका धेरै कलाकारसँग भविष्यमा काम गर्ने चाहना पनि उनले व्यक्त गरेकी छन् ।

‘जन्ते बाख्रो’मा सौगात मल्लसँग स्क्रिन सेयर गर्नुको अनुभवबारे उनी सकारात्मक छिन् । सौगात मल्लजस्तो गम्भीर र समर्पित कलाकारसँग काम गर्दा आफूले धेरै कुरा सिकेको र अभिनयमा आफूलाई सहज महसुस गराएको उनले बताइन् ।

प्रतिक्रिया