‘समर लुक्स’मा खुलेकी केकी

राम्रो अनलाइन     २६ वैशाख २०८२, शुक्रबार
‘समर लुक्स’मा खुलेकी केकी

काठमाडौं– ‘बोक्सीको घर’की निर्मात्री र अभिनेत्रीको रुपमा केकी अधिकारीको लागि २०८१ साल उत्साहप्रद रह्यो । उनले अभिनय गरेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनको तयारीमा छ।

फिल्ममा ब्यापार र कलालाई सन्तुलन मिलाइरहेकी केकीको लागि ‘के घर के डेरा’ महत्वपूर्ण प्रोजेक्ट हुने देखिन्छ । विहीबार आयोजित यसको पत्रकार सम्मेलनमा उनी उत्साहित सुनिइन् । फिल्मको कथावस्तु र चरित्रलाई लिएर आफू प्रोजेक्टसँग जोडिएको बताउँदै उनले निकट भविष्यमा भाईलाई डेब्यु गराउने फिल्ममा पनि तयार हुने बताइन् ।

‘केकी ब्रेन विथ ब्युटी’ एक्ट्रेस हुन् । उनी यो छविलाई निरन्तरता दिने पक्षमा छिन् । सामाजिक संजालबाट उनले केही आकर्षक फोटो सेयर गरेकी छन् जसले उनको ग्ल्यामरलाई प्रतिविम्वित गर्छ ।

समर लुक्समा केकी एलिगेन्ट देखिएकी छन् । स्लिभलेस कालो पहिरन र फ्लावर प्रिन्टेड पहिरनमा उनी आकर्षक छिन् । यो सिलहुट पहिरनले केकीको समर सौन्दर्यलाई अझै खुलाएको छ ।

प्रतिक्रिया