गायिका इन्दिरा जोशी अहिले ‘नेपाल आइडल’ सिजन सिक्सको निर्णायक छिन् । देशभर घुमेकी इन्दिराले हरेक ठाउँमा गायनमा जोश बोकेका प्रतिभाहरु पाएकी छिन् । नेपाली सांगितिक क्षेत्रमा उनको नाम यति महत्वपूर्ण छ कि यदि उनको नाम यस क्षेत्रबाट झिक्ने हो भने पुरै क्षेत्र नै अपूरो हुन्छ भन्दा फरक पर्दैन । समसामयिक र पछिल्लो पुस्ताले खोजेका गीतहरु पस्कन उनी खप्पिस छिन् । कुनै समय उनको उध्रेको चोली सबैको मन मुटुमा बसेको गीत हो । उनका अधिकांश गीतहरुले सधैं नै सांगितिक स्टेजहरु तातिरहेका हुन्छन् । इन्दिरा आफूलाई ‘मसल’ भएको भन्दा पनि मुलायम हात भएको केटा बढी मनपर्ने बताउँछिन् ।














