बहुप्रतिभाशाली अभिनेत्री केकी

राम्रो अनलाइन     ०६ वैशाख २०८२, शनिबार

केकी अधिकारी नेपाली चलचित्र उद्योगकी एक बहुप्रतिभाशाली अभिनेत्री, मोडल, निर्माता र रंगमञ्च कलाकार हुन्। उनको जन्म १७ डिसेम्बर १९८९ मा काठमाडौंको जोरपाटीमा भएको हो।

केकीले बाल सृजनालय विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरेकी हुन्। उनले प्राइम कलेजबाट सूचना व्यवस्थापनमा स्नातक गरेकी छन् र २०१६ मा प्रेसिडेन्सियल बिजनेस स्कूल, काठमाडौंबाट मानव संसाधन व्यवस्थापनमा स्नातकोत्तर पूरा गरेकी छिन्।

केकी अधिकारीले आफ्नो करियरको सुरुवात म्युजिक भिडियो, विज्ञापन र मोडलिङबाट गरेकी थिइन्। उनले सन् २०१० मा ‘स्वर’ बाट फिल्ममा डेब्यु गरेकी हुन् ।  त्यसपछि उनले ‘आई एम सरी’, ‘मसान’ ‘मायाको बारीमा’, ‘महसुस,’  ‘बितेका पल,’  ‘मेरो बेस्ट फ्रेन्ड,’ जस्ता चलचित्रहरूमा अभिनय गरेकी छिन्। ​‘बोक्सीको घर’ उनले निर्माण तथा अभिनय गरेको उत्कृष्ट फिल्म हो ।  

रंगमञ्चमा पनि केकीले आफ्नो उपस्थिति जनाएकी छन्। उनले सत्य मोहन जोशीद्वारा लिखित ऐतिहासिक नाटक ‘चारुमती’, मा अभिनय गरेकी छिन्।

प्रतिक्रिया