नागिन ड्रेसमा सुमना 

राम्रो अनलाइन     २३ कात्तिक २०८१, शुक्रबार
नागिन ड्रेसमा सुमना 

मिस अर्थ नेपाल सुमना केसी वातावरण सुन्दरी प्रतियोगिता मिस अर्थ २०२४ मा प्रतिस्पर्धा गरिरहेकी छिन् । फिलिपिन्सको मनिलामा आयोजित ‘अपसाइक्लिङ फेसन शो’मा उनले पदक जितेकी छिन् । खेर गएका सामग्रीको पुनःप्रयोगमार्फत तयार पारिएका आकर्षक र वातावरणमैत्री पहिरनलाई लिएर प्रतिस्पर्धा गरिएको थियो । मिस अर्थ नेपालको ताजलाई अहिलेको जल्दोबल्दो वातावरणीय मुद्दासँग जोड्ने उनको प्रयास केही हदसम्म सफल भएको छ । सुमनाले फेसन डिजाइनर मनिष राईले नागको थिममा तयार पारेको गाउनमा आफूलाई प्रस्तुत गरेकी छिन् । नाग पनि प्रकृतिसँग जोडिएको जीव र नेपालमा यसलाई विशेष महत्वका साथ पूजा गर्ने र घरको मुख्य प्रवेशद्वारको माथि टाँस्ने गरिन्छ । 

प्रतिक्रिया