मोडलिङ करिअरमा सफलताको सिँढी चढ्दै युनिता

रुकेश श्रेष्ठ     ०७ साउन २०८१, सोमबार

सिन्धुपाल्चोक पुर्खौली थलो भएकी चर्चिच मोडल युनिता खत्री सानैदेखि नृत्य गर्न रुचाउँथिन् । स्कुलमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा भाग लिन उनी अग्रसर हुन्थिन् र आफ्ना कलाले सबैलाई मोहित पार्थिन् ।  मानौँ कि नृत्य उनलाई भगवानले विरासतमा नै दिएका हुन् ।

सानै उमेरदेखि नृत्य गर्न थालेकी उनको लगाव मोडलिङ र सञ्चार माध्यमतिर पनि बढ्दै गयो । उनले  ‘नेप टिभी नेटवर्क’ मा  ‘झोलाभित्र के होला’ भन्ने कार्यक्रम सञ्चालन गर्न थालिन् । दर्शकले उनको कार्यक्रम रुचाए । कार्यक्रमले खुबै चर्चा बटुल्यो । कहिलेकाहीँ त उनको कार्यक्रमको भ्यूज मिलियनसम्म जान्थो ।

युनिता यतिमात्र रोकिइनन् । उनले पचास राष्ट्र सम्मलित ‘मिस वल्र्ड डाइभर्सिटी २०१८’ मा भाग लिने मैका पाइन् । दुबईमा भएको उक्त कार्यक्रममा ४९ प्रतिद्धन्द्धीलाई हराउँदै विजेता बनिन् युनिता । विश्वभरका ५० देशका प्रतिस्पर्धीलाई उछिनेर ताज जित्नु उनका लागि सजिलो थिएन । कडा मिहिनेत र आत्मविश्वासले ताज जितेको युनिता बताउँछिन् । 

उनले उक्त टाइटलसँगै मिस फ्रेन्डसीप र मिस ट्यालेन्टसमेत जितिन् । उनले यो प्रतियोगिता भन्दा अगाडि मिस इ–कलेज, मिस राजधानीजस्ता सौन्दर्य प्रतियोगितामा पनि भाग लिइसकेकी थिइन् । उनी ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप बनेकी थिइन् भने ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेकी थिइन् । उनलाई सोही उपाधीले मिस वल्र्ड डाइभर्सिटीको प्रतियोगी बनाएको थियो । प्रतियोगिता जानुअघि खत्रीले उक्त प्रतियोगीता आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसरको रुपमा लिएको बताएकी थिइन् । 

युनिता हाल भारतमा अध्ययनरत छिन् । युनिता व्यावसायिक मोडलका रूपमा आफूलाई अब्बल सावित गर्न अहिले काठमाडौंमा मोडलिङ तथा म्युजिक भिडियोहरूमा अभिनय पनि गरिरहेकी छिन् । उनले विभिन्न उत्पादनका कमर्सियल विज्ञापनमा पनि काम गरिसकेकी छिन् । 

‘मलाई यो यहाँसम्मको यात्रा तय गराउन  ब्युटी पेजेन्टको धेरै ठुलो भूमिका छ । त्यो त एउटा खुट्किलो मात्रै हो ।’ अब म मोडलिङ करिअरलाई अर्को उचाइमा पुर्‍याउन चाहन्छु युनिता भन्छिन् । 

प्रतिक्रिया