ब्ल्यक ड्रेसमा खुलेकी अभिनेत्री जिशु कोइराला

रुकेश श्रेष्ठ     २८ असार २०८१, शुक्रबार

अभिनेत्री जिशु कोइराला चितवनको पुरानो मेडिकलेजमा एमबीबीएस अध्यायनरत छिन् । एमबीबीएस तेस्रो वर्षको अन्तिम परीक्षा दिइसकेकी उनी अध्यायनसँगै मोडलिङमा पनि उत्तिकै व्यस्त छिन् । विशेष गरेर म्युजिक भिडियोमा उनको उत्कृष्ट अभिनय देख्न पाइन्छ । दर्शकहरूले उनलाई खुबै रुचाएका छन् ।

म्युजिक भिडियो निर्माता तथा गायकरगायिकाहरूले पनि उनलाई आफ्नो गीतमा अभिनय गराउनका लागि अफर दिइरहेका हुन्छन् । ५ वर्षकी हुँदा उनी अभिभावकसँग क्यानडा पुगिन् । उनले विद्यालय शिक्षा अर्थात कक्षा १२ सम्म क्यानडामा अध्यायन गरिन् । क्यानडामा स्कुल एजुकेशन सकेपछि किन उत्तै मेडिकल एजुकेशन नपढेर नेपाल आउनु भयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘क्यानडामा मेडिकल बाहेक अर्को विषयमा स्नातक नगरी एमबीबीएस पढ्न पाइँदैन । अर्थात एमबीबीएस गरिसक्दा डबल स्नातक गर्नुपर्ने हुन्छ ।’ तर म यही करणलेमात्रै नेपाल फर्किएकी होइन् । मलाई मेडिकल अध्ययनसँगै आर्टमा पनि खुबै रुची भएकाले त्यही रुची पूरा गर्नकालागि पनि नेपाल फर्किएकी हुँ । यसैबीच जिशुले फिल्म ‘अस्ट्रेलियन दुल्हा’ मार्फत फिल्ममा डेब्यु गरेकी छिन् । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायांकन चितवनमा भइरहेको छ । म्युजिक भिडियोकी अब्बल कलाकार जिशुले फिल्ममा पनि उत्कृष्ट अभिनय गर्न प्रयत्न गर्ने बताइन् ।

प्रतिक्रिया