सफल कलाकार हुन लक्ष्य पछ्याई रहेकी अनीता

रुकेश श्रेष्ठ     २१ चैत २०८०, बुधबार

अभिनेत्री तथा मोडल अनीता गिरीको पुर्खौली थल खोटाङ जिल्लाको सिम्पानी हो । उनको बाल्यकाल काठमाडौँमा बित्यो । प्लस टुसम्मको अध्यायन गरेकी अनीतामा अभिनयप्रतिको गहिरो रुची र लगाव छ । सानैदेखि नृत्य गर्न रुचाउने उनले अभिनय र नृत्यको क्लास पनि लिएकी छिन् । एसईई परीक्षा दिए लगत्तै मोडलिङमा होमिएकी उनले फिल्म ‘रोज’ मा अभिनेत्री पारमिता राणाको साथीको भूमिकामा अभिनय गरेकी थिइन् । केही म्युजिक भिडियो र फेसन सोमा काम गरेकी उनले ‘तिमी नहुँदा’ मा पनि मुख्य अभिनेत्रीकै साथीको भूमिकामा अभिनय गरेकी छिन् । 

अभिनेत्री पूजा शर्माको फिल्म ‘दानवी’ मा पनि उनले सर्पोटिङ आर्टिस्टका रूपमा काम गरेकी छिन् । यसैगरी सुर्दशन थापाले निर्देशन गर्ने र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने फिल्म ‘रावायण’ पनि उनी अभिनेत्रीको साथीका रूपमा अभिनय गर्नका लागि अनुबन्धित भइसकेकी छिन् । 

फिल्ममा मुख्य भूमिकाका लागि आफूलाई तयार गरिरहेको बताउने गिरी अभिनय आफ्नो असाध्यै रुचीको क्षेत्र भएकाले कडा परीश्रम गरिरहेको बताउँछिन् । अभिनयको क्षेत्रमा धैर्यता र परीश्रम उत्तिकै महत्वपूर्ण हुने अनुभव गरेकी उनलाई घरपरिवारबाट पनि राम्रो साथ र सहयोग छ । ‘कतिपय परिवारले मनोरञ्जनको क्षेत्रमा लागेर जीवन चलाउन सकिँदैन भनेर अन्य पेसा र व्यवसायमा लाग्न भनिरहनु भएको हुन्छ’, अनीता भन्छिन्, ‘मलाई चाहिँ घरपरिवाबाट यति त गरी सक्यौँ अझै मिहनेत गरेर भनेर हौसला दिनुहुन्छ ।’ सफल कलाकारका रूपमा स्थापित हुने आफ्नो लक्ष्य पछ्याइ रहने उनी बताउँछिन् ।  कलाकारिता हतारिएर होइन, सक्षम भएर अघि बढ्नुपर्ने पेसा हो उनी भन्छिन् । 

र्‍याम्प मोडलिङ, म्याुजिक भिडियोमा अभिनय, कमर्सियल विज्ञापन, विभिन्न इभेन्टहरूमा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेकी अनीता फिल्मको ‘लिड रोल’ परिपक्व कलाकारका रूपमा तयार भइसकेकी छिन् । म्युजिक भिडियोतर्फ पाँच वटा अवार्ड हात पारिसकेकी उनले अभिनय क्षेत्रमा लागेर थुप्रै सम्मान पनि पाएकी छिन् ।

 

प्रतिक्रिया