१. सन् १९३१ मा इटालीका नागरिक एम गोभेन्तोसा दे उदिनेले एकपांग्रे मोटरसाइकल बनाएका थिए।
२. सन् १९३२ तिर अमेरिकामा ट्राफिक प्रहरीका लागि विशेष ज्याकेट डिजाइन गरिएको थियो। यो ज्याकेटलाई विद्युतीय ऊर्जाबाट न्यानो बनाइन्थ्यो। सडकमा भएका प्लगबाट ज्याकेट चार्ज गरिन्थ्यो।
३. सन् १८८२ मा अमेरिकाको टेक्सासनिवासी जेम्स ए विलियम्सले मुसा मार्ने विचित्रको पासो बनाएका थिए। उनको पासोमा पिस्टोल जडान गरिएको थियो। मुसाले पासोमा टेक्नेबित्तिकै गोली चल्थ्यो। तर, यो आविष्कार खासै रुचाइएन। भान्छामा ‘लोडेड’ पिस्टोल राखेर कसले जोखिम लिन्थ्यो र ?

४. सन् १९६३ मा जापानमा शिशुहरूलाई सुताउनका लागि सहयोग पुर्याउने कृत्रिम स्तन बनाइएको थियो। यसमा जडान गरिएको सानो यन्त्रले यसलाई मुटुझैँ धड्काउने काम गथ्र्याे।

५. हिमआँधी चल्दा अनुहार जोगाउनका निम्ति सन् १९३९ मा क्यानडामा प्लास्टिकको विशेष खालको सामग्री बनाइएको थियो। चुच्चो परेको यस वस्तुलाई अनुहारमा मास्क लगाएझैँ लगाइन्थ्यो।