लजालु डाक्टरले गरेका थिए स्टेथस्कोप आविष्कार

एजेन्सी     २६ जेठ २०७८, बुधबार
लजालु डाक्टरले गरेका थिए स्टेथस्कोप आविष्कार

रेक डाक्टरको घाँटीमा देखिने स्टेथस्कोप आविष्कारको कथा रोचक छ । फ्रेन्च चिकित्सक रेने थियोफिल ह्यासिन्थलाई स्टेथस्कोप आविष्कार गरेको श्रेय दिइन्छ । सन् १९८६ तिर पहिलो स्टेथस्कोप बनेको थियो । ह्यासिन्थ लज्जालु स्वभावका थिए । एक दिन एक जना महिला उनीकहाँ जँचाउन आइन् ।

त्यतिबेला चिकित्सकले बिरामीको छातीमा सीधै कान थापेर सुन्ने गर्थे । लज्जालु ह्यासिन्थले महिलाको छातीमा आफ्ना कान टाँसेर मुटुको धड्कन सुन्ने आँट गरेनन् । उनले त्यतिखेर कागजलाई बेरेर ढुंग्रोजस्तो बनाए र त्यसको एक मुख महिलाको छातीमा राखेर अर्काे मुखबाट मुटुको धड्कन सुने ।

पछि उनले कागजको ठाउँमा काठको खोक्रो ढुंग्रो प्रयोग गरे । यसरी संसारले एक जना चिकित्सकको लज्जालु स्वभावका कारण स्टेथस्कोप नामक अत्यन्त उपयोगी साधन पायो । 

प्रतिक्रिया