विचित्र विवाह विधि

राम्रो अनलाइन     २० कात्तिक २०८०, सोमबार
विचित्र विवाह विधि


विभिन्न देशमा विवाहका आफ्नै संस्कार र विधि हुन्छन् । केही रोचक विवाह विधि यस्ता छन्ः 

फोहर प्रहार

स्कटल्यान्डमा बिहेको केही दिनअघि हुनेवाला बेहुला–बेहुलीमाथि कुहिएका अण्डा, माछा र अन्य सडेगलेका खानेकुरा फ्याँक्ने चलन छ । यसो गर्दा दाम्पत्य जीवनमा आइपर्ने अनेक समस्या झेल्न उनीहरू समर्थ हुने विश्वास छ । 

एक महिनाको रुवाइ

चीनको तुजिया समुदायमा हुनेवाला बेहुलीले एक महिनासम्म अनिवार्य रुनुपर्छ । हरेक दिन एक घण्टा रुनुपर्छ । बिहेका दिन मात्र बेहुली रुनबाट मुक्त हुन्छिन् । उनलाई परिवारका अन्य महिलाले पनि रोएर साथ दिन्छन् ।  

ससुरालाई ह्वेलको दाँत 

फिजीमा केटी माग्न जाँदा केटाले हुनेवाला ससुरालाई अनौठो उपहार दिने चलन छ । ह्वेलको दाँत सगुनका रूपमा बुझाएपछि मात्र केटाले ज्वाइँ बन्ने अवसर पाउँछ ।

कुखुराको कलेजोले बिहे तय गर्छ  

चीनको दाउर आदिवासीमा हुनेवाला दम्पतीले कुखुरा काटेर कलेजो हेरेपछि बिहे तय हुन्छ । कुखुराको कलेजो स्वस्थ निक्लियो भने बिहे पक्का हुन्छ । रोगी कलेजो निक्लियो भने चाहिँ अर्काे कुखुरा काटिन्छ । तर, कलेजो स्वस्थ हुनैपर्छ । 

चिहानमा बिहे 

रुसको राजधानी मस्कोमा दोस्रो विश्वयुद्धमा मारिएका रुसी सैनिकहरूको सामूहिक चिहान छ । यस चिहानमा थुप्रै जोडीले बिहे पनि गर्ने गरेका छन् । 

प्रेमको चम्चा 
वेल्समा आफूले बिहे गर्न चाहेको महिलालाई पुरुषले काठको कलात्मक चम्चा उपहार दिने चलन छ । चम्चा दिनुको प्रतीकात्मक अर्थ हो– ‘म तिमीलाई कहिल्यै भोको राख्नेछैन ।’ 
 

प्रतिक्रिया