आफैंले बनाएको नियमको सिकार भइन् रानी

एजेन्सी     २६ जेठ २०७८, बुधबार
आफैंले बनाएको नियमको सिकार भइन् रानी

राजा–महाराजाले आफ्ना जनतामाथि शासन गर्न विभिन्न नियम–कानुन थोपर्ने गर्छन् । कहिलेकाहीँ ती कानुनले उनीहरूलाई पनि हानि पुर्‍याउन सक्छन् । थाइल्यान्डकी एक जना रानी यस्तै नियमको शिकार भएकी थिइन् ।

सन् १८८० को कुरा हो ।  रानी सुनन्धा कुमारीरत्ना बैंककको बाहिरी भागमा रहेको गृष्मकालीन दरबारमा गइरहेकी थिइन् । उनी सवार डुंगालाई राजप्रासादका कर्मचारी सवार अर्काे डुंगाले तानिरहेको थियो । विशाल नदीमा गर्भवती रानीको डुंगा पल्टियो । उनलाई कर्मचारी कसैले पनि बचाउने हिम्मत गरेनन् ।

किनभने, रानीलाई जनताले छुनु हुँदैनथ्यो । राजपरिवारका सदस्यलाई छोयो भने जनताले ज्यान गुमाउनुपथ्र्याे । यही कडा नियमका कारण रानीलाई बचाउन कोही पनि अघि सरेन । राजा चुलालंगकर्नकी रानी सुनन्धाको नदीमा डुबेर मृत्यु भयो । 

प्रतिक्रिया